आर्थिक

घोराही –१४ मा सडक मिचेर बनाएका टहरा हटाउँन सुरु

By थाहा अनलाइन

August 14, 2018

 

दाङ, २९ साउन । घोराही उपमहानगरपालिका वडा नं. १४ ले सडक मिचेर बनाएका टहरा हटाउँन सुरु गरेको छ । सडक मिचेर बनाएका टहराले दुर्घटना निम्त्याउने भन्दै हटरा हटाउँन सुरु गरेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । बजार क्षेत्रमा सवारी साधनको अत्याधिक चाप बढेसंगै हटरा हटाउँने कार्यलाई तिव्रता दिएको अध्यक्ष डाँगीले वताउँनुभयो । बजार क्षेत्रमा दैनिक जस्तो सवारी दुर्घटनाका कारण सर्वसाधारण नागरिकले अकालमै ज्यान गुमाउनु परेको भन्दै दुर्घटना न्युनिकरणको अभियानमा वडा कार्यालय संचालनमा लागेको वताउनुभयो ।

सडक मिचेर टहरा बनाउँदा मानवीय जोखिमसंगै बजार क्षेत्रको शुन्दरता हराउँने भन्दै यसलाई अभियानकै रुपमा अगाडी बढाउँन खोजेको अध्यक्ष डाँँगीको भनाई छ । घोराही १४ स्थित सब्जिरोड स्थित सडक मिचेर बनाएको एउटा टहरा भत्काईएको थियो भन्ने अन्य पाँच टहरालाई एक दिनको समय दिईएको उहाँले बताउँनुभयो । भनेकै समयमा टहरा नहटाए वडा कार्यालय आएर टहरा भत्काउने समेत उहाँले जानकारी दिनुभयो । त्यस क्रममा जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख मदनबहादुर कवर, वडा सदस्य गुलाम रसुल, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, पत्रकार निमु ससंगम घर्ती, गोविन्द खड्का, अम्मरराज आचार्य स्थानीय टोलवासीको सहभागिता रहेको थियो ।

वडा नं. १४ मा पर्ने पक्की सडकमा पार्किङ लाईन छट्टाईने भएको छ । वडा कार्यालयले तत्काल पार्किङ लाईन विस्तारको कामलाई बिस्तार गर्ने अध्यक्ष डाँगीले जानकारी दिनुभयो । वडा नं. १४ को वाल मन्दिर,सब्जिमन्डी रोड, लखनपार्क, पुरानो वसपार्क, नयाँ बसपार्क ,बैङ्क रोड, सब्जिमन्डी रोड जाने धव्र मेडिकहल अगाडी सडकमा पार्किङ लाईन बनाउँने वताउँनुभयो। बजार क्षेत्रमा गाडी पार्किङका लागि विभिन्न क्षेत्रको अध्यण समेत गरेको उहाँले वताउँनुभयो ।