File Photo

अचम्मका कुरा

देउता लागेको भन्दै खोलामा हामफाल्दा बेपत्ता

By थाहा अनलाइन

August 15, 2018

रूकुम पश्चिम – रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ मा पर्ने तिलता खोलाले बगाएर स्थानीय एक युवक बेपत्ता भएका छन्।

गाउँकै एक घरमा झाक्री बस्न थालेपछि आफूमा देउता सवार भएको भन्दै एक्कासी खोलामा हाम फालेका बाँफिकोट-३ रूकुम पश्चिमका २६ वर्षीय धनबहादुर बिक बेपत्ता भएका हुन्।

साँझ ६ बेजेतिर बेपत्ता भएका विकको खोजीकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बाँफिकोटका प्रमुख भवानीद्द पन्तले जानकारी दिए।