आजको मौसम कस्तो रहला ?



काठमाडौँ – काठमाडौँ उपत्यकाका केही ठाउँ तथा देशका अरु केही ठाउँमा बिहान घाम लागेजस्तो भएपनि दिनभरको मौसम प्रायः बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर दिउँसो र रातिको मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने मौसमविदले बताएका छन् । बदली भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्रै छ ।

देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदको भनाई छ । तर राति भने मध्य र पश्चिमका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । बिहीबारदेखि भने मौसममा केही सुधार हुनेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्