हुलाकी राजमार्गका लागि भारतकाे ४७ करोड सहयोग



काठमाडौं, ३० साउन । हुलाकी राजमार्ग आयोजना निर्माणका लागि भारत सरकारले नेपाल सरकारलाई ४७ करोड रुपैयाँ सहयोग गरेको छ ।भारतीय राजदूत मञ्जिवसिंह पुरीले उक्त रकम नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई मंगलबार सिंहदरबारमा सिंहले ४७ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकम हुलाकी राजमार्ग आयोजना अन्तर्गतका १४ वटा निर्माणाधीन सडकका लागि खर्च गर्ने सरकारको तयारी छ । यसअघि भारत सरकारले हुलाकी राजमार्ग निर्माणका लागि २।३५ विलियन रुपैयाँ प्रदान गरिसकेको छ ।

भारतीय सहयोगबाट धनगढी–भजनीया–सत्ती सडक र लम्की–टिकापुर– खक्रौला सडकको निर्माण पूरा भइसकेको छ ।

सन् १९५० देखि भारत सरकारले बहुक्षेत्रीय र बहुमुखी भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत नेपालमा राजमार्ग, सडक, पुल, विमानस्थल लगायतका पूर्वाधारको विकासका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्