मुख्य समाचार

बढुवाको सिफरिस सूचिमा डिआइजी नवराज सिलवाल परेनन ,को को परे त

By थाहा अनलाइन

July 15, 2017

काठमाडौं, ३१ असार । प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी नायव महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ ।अदालतमा डीआईजी नवराज सिलवालको मुद्दा विचाराधिन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई भने बढुवा सूचीमा छुटाएको छ । सिफारिस सूची अनुसार नम्बर क्रम अनुसार पहिलो नम्बरमा डीआईजी बमबहादुर भण्डारी, दोस्रो जयबहादुर चन्द, तेस्रो देबेन्द्र सुवेदी, चौथो स्थानमा परेका छन् । त्यस्तै पशुपति उपाध्याय, पाँचौमा केशरीराज घिमिरे, छैठौं माधव जोशी, सातौं विजयलाल कायस्थ, आठौं कमलसिंह बम, नौ नम्बरमा मिङ्मार लामा, १० औँ नम्बरमा रणबहादुर चन्द र ११ औँ नम्बरमा विजयकुमार भट्ट छन् ।