प्युठान ३० साउन।
अबिरल बर्षा पछिको पहिरोले घर पुरिंदा प्युठानमा एक जना बेपत्ता भएका छन् ।
गौमुखी गाउँपालिका ४ को साविक पुजा गाबिस पातालेखर्क भन्ने स्थानमा खसेको पहिरोले मध्यरात १२ बजे तिर ३ घरगोठ पुरेको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए ।
स्थानीय देव बहादुर सुनारको घरगोठ र झगे बिकको घर पहिरोले पुरेको हो । पहिरोमा परेर ३५ बर्षिया झगे बिक बेपत्ता भएका हुन् । सोही पहिरोमा ७ वटा बाख्रा र ४ भैंसी समेत बेपत्ता भएको स्थानियले वताएका छन् ।
स्थानियका अनुसार अन्य ७ वटा घर समेत पहिरोको उच्च जोखिममा छन।
घटनाको जानकारी पाउना साथ बिहानै जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी निरिक्षक सहितको उद्दार टोली घटनास्थल तर्फ गएको प्रजिअ गैरेले वताए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।