प्रकाण्डलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश



अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंबाट आज पुन: दुईको म्याद थपिएको हो।

‘अदालतले थप दुई दिन म्याद थप गरिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले भने।

गत बुधबार चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो। त्यसपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको थियो। आइतबार पुन: थप दुई दिन म्याद थप गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्