समाचार

ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु

By थाहा अनलाइन

August 15, 2018

गुल्मी : गुल्मीमा ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ६ जोहाङ्गमा उल्लीखोलामा लु१त ७६२९ नम्बरको ट्रयाक्टरले किच्दा सोही वडाकै १६ वर्षका प्रवीन बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले जानकारी दिए।  बुधबार दिउँसो ट्रयाक्टर गिटी बालुवा लिएर उल्लीखोलाबाट खैरेनीतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। बिक ट्रयाक्टरबाट एक्कासि झर्ने क्रममा पछिल्लो चक्कामा परेर किचिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताए। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।