अपराध

भालुवाङमा १२ वर्षिय बालिका बलात्कृत

By थाहा अनलाइन

August 15, 2018

सन्तोषकुमार गुप्ता,

भालुवाङ ३० साउन ।देशभर चरणबद्ध बलात्कार घटना बाहिर आईरहेकै बेला देउखुरीको भालुवाङमा पनि हिजो राती एक बालित्कृत भएकी छिन । राप्ती गाउँपालिका निवासी बालिका बलात्कृत भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षिय दिपेश पाण्डेले बालिकालाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।पाण्डेले मंगलवार राप्ती पाखापानीमा फोन गरेर बोलाई बलत्कार गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् । बलात्कार गर्ने पाण्डेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ