नेपालीको श्रदाञ्जली सभा सम्पन्न



दाङ, असार ३१ । नेकपा माओवादी केन्द्रले तुलसिपुर उपमहानगरपालिका ६ राजापुरमा श्रदाञ्जली सभा सम्पन्न गरेको छ । नेपाल रााष्ट्रिय दलित मुुक्तिमोर्चा दाङका उपाध्यक्ष गोपाल नेपाली एवं दलित महिला एकता केन्द्रका लेखा अधिकृत गोपाल नेपालीकी आमा तुलसी नेपालीको स्मृतिमा शोकसभा सम्पन्न गरेको हो । उहाँको निवास राजपुरमै पुगेर माओवादी केन्द्रले सभा सम्पन्न गरेको हो ।

 

त्यस अबसरमा बोल्दै माओवादी केन्द्र तुलसिपुर उपमहानरपालिकाका ईञ्चार्ज रामजी चौधरी मिलनले समाज परिर्वनका लागि स्वर्गीय आमा तुलसी नेपालीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । समाजका उहाँको परिवारले अतुलनीय योगदान पु¥र्याएको भन्दै उहाँको मृत्यु पहाड जस्तै उच्च रहेको वताउनुभयो । त्यस अबसरमा बोल्ने अन्य बक्ताहरुले समाजमा मृत्युपछि बा आमा प्रति गरिने श्रद्धा,भावको कुनै औचित्य नहुने वताएका थिए । जिउदो हुदा सम्म वेवास्था गर्ने छोरा छोरीले मृत्युपछि गरिने सस्कारबाट मृत आत्माले शान्ति नपाउने वताउनुभयो । मृतकका छोरा गोपाल नेपालीको स्वागत मन्तव्य बाट सुरु गएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका तुलसी महतरा, वडा नं. ७ का अध्यक्ष के.एल भण्डारी, वाई सिएल दाङका अध्यक्ष अमर नेपाली (माईकल) दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला गुप्ता, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली लगाएतले वोल्नु भएको थियो । जेठा छोरा दिपक नेपालीको अध्यक्ष शोकसभा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्