दाङ,३१ साउन । घोराही उपमहानगर पालिका वडा न १५ मा रहेको सरस्वती मा वि काठेकोलमा आउदो अशोज देखि ३ वर्षीय सुचना प्रविधि सम्वन्धी पढाइ हुने भएको छ । विद्यालयले अहिले प्राविधीक शिक्षा अन्तरगत उक्त शिक्षाको पढाइ सञ्चालन गर्ने भएको हो ।आइटिको पढाई सञ्चालन गर्न तयारी पुरा भएको विद्यालय ब्यवस्थापन समितिका सदस्य विवेक श्रेष्ठले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिको पहलमा उक्त पढाई सुरुवात हुन लागेको भन्दै उहाले सुचना प्रविधि पढेका ब्यक्तिहरुमा कम्प्युटरको वारेमा जानकारी हुनुका साथै चाडै रोजगारी पाउने भएकाले विद्यालयले यो विषय छानेर पठनपाठन सुरुवात गरेको बताए ।

उनले सबैको सहयोग भएमा निकट भविष्यमा विद्यालयले  विएससि.एजिको पढाइ पनि सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
विद्यालयले सिटीईभिटीबाट अनुमती प्राप्त गरी पढाइ सञ्चालन गर्न थालेको विद्यालयले जानकारी दिएको छ । विद्यालयले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धनेश्वर पौडेलले विद्यालयले सिटीइभिटी बाट २०७५ साउन २८ गते अनुमती प्राप्त गरेको जानकारी दिए ।सुचना प्रविधि सम्वन्धी पढाइ सञ्चालनका गर्ने लागेको सामुदायिक विद्यालय पहिलो पटक रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

सुचना प्रविधि सम्वन्धी पढाइ सञ्चालन गर्नेका लागि विद्यालयले पुर्वाधार समेत पुरा गरी सकेको अध्यक्ष पौडेलले जानकारी दिए ।ल्यावहरु निर्माण पुस्तकालय, जन शक्ति व्यवस्थापन समेत सुरु गरीएको बताए । विद्यालयले सुचना प्रविधि सम्वन्धी पढाई सञ्चालन गर्नका लागि करिव २० लाख खर्च हुने अनुमान गरीएको उनको भनाइ रहेको छ ।विद्यालयमा सुचना प्रविधि शिक्षा अध्ययनका लागि ४८ जनाको कोटा रहेको छ । सुचना प्रविधि सम्वन्धी शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरु लाई भर्ना हुन समेत विद्यालयले आग्रह गरेको छ ।

सुचना प्रविधि सम्वन्धी शिक्षा लिनका लागि ३ वर्षमा २ लाख २० हजार खर्च लाग्ने अध्यक्ष पौडेलले जानकारी दिए । यस प्रकारको शिक्षा पढेका विद्यार्थीहरु वेरोजगार हुन नपर्ने समेत विद्यालयले जानकारी दिएको छ ।त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक वशन्ता पौडेलले सवैको सहयोगले विद्यालयमा सवैको सहयोगले विद्यालय अगाडि वढी रहेको भन्दै आउदा दिनमा पनि सहयोग रहने बताइन ।पत्रकार सम्मेलन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनको सहजिकरण शिक्षक दिपक श्रेष्ठले गरेका थिए ।