दाङका सरकारी कार्यालय शनिवार पनि खुल्ने



दाङ, ३१ साउन । भोली भाद्र १ गतेदेखि दाङका सम्पूर्ण सरकारी कार्यालयहरु शनिवार पनि खुल्ने भएका छन् । नागरिकलाई शनिवार पनि सेवा दिने उदेश्यका साथ कार्यालय संचालनमा ल्याउन थालेको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेठले जानकारी दिनुभयो ।

 


हरेक शनिवार ११ देखि २ वजेसम्म कार्यालय खुल्ला गरिने प्रमुख जिल्ला जिल्ला अधिकारी श्रेष्ठले बताउँनुभयो । जिल्लाका १० वटै स्थानीतह संग छलफल गरी शनिवार पनि सरकारी कामकाज संचालन लागेको वताउँनुभयो । सर्वसाधारणले अब हप्ताको सातै दिन सरकारी कार्यालयवाट सेवा प्राप्त गर्ने प्रजिअ श्रेष्ठले वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्