२७ एसएसपीको सरुवा, को कहाँ ?



३१ साउन, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक ९एसएसपी०हरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ठूलो संख्यामा एसएसपीहरुको सरुवा गरेको हो ।

यस क्रममा ललितपुर र काठमाडौंका प्रहरी प्रमुखहरु फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।

सरुवामा पर्नेमा प्रहरी प्रधान कार्यालय, कार्य महाशाखा नक्सालमा कर्यरत अरुणकुमार बिसीदेखि संघीय प्रहरी एकाई कार्यालय, कोशीमा कार्यरत हरिबहादुर पालसम्म छन् ।

प्रधान कार्यालयले बढुवापछि खाली भएका, पूर्ति हुन नसकेकालगायत स्थानमा एसएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्