राष्ट्रिय सभाका समितिको सभापति निर्वाचन भदौ १३ गते



काठमाडौं– राष्ट्रिय सभाका विषयतगत समितिको सभापतिको निर्वाचन गर्ने कार्यसुचि सरेको छ।

यसअघि भदौ ३ गते हुने भनिएको निर्वाचन भदौ १३ गतेलाई सरेको हो । प्रतिनिधि सभाको समितिहरुको निर्वाचन भदौ ५ गते हुदै छ ।

राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् । उक्त समितिमा नेतृत्व गर्ने सभापतिको निर्वाचन गर्न विहीबारको राष्ट्रिय सभाको वैठकवाट अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्देशन दिएका हुन् ।

भदौ ३ गते सभापतिको चयन गर्ने कार्यक्रम यसअघि तय भएको भएपनि प्राविधिक कारण सम्भव नभएपछि सारिएको हो । राष्ट्रियसभामा ४ वटा विषयगत समिति छन् । राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन । राष्ट्रिय सभाको अर्को वैठक भदौ ४ गते बस्दै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्