अभिमत

“सरकारले शैक्षिक माफियाहरुको जालो तोड्न सकेन” – केन्द्रिय सदस्य सन्तोष पोखरेल (Video)

By थाहा अनलाइन

August 16, 2018

बिष्णुकुमार देवकोटा दाङ समउन ३१ अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सन्तोष पोख्रेलले सरकार शैक्षिक माफियाहरुको जालो तोड्न असफल भएको बताउनुभएको छ । आज (विहिबार) शैघालीखबर डटकम तथा सैघाली अनलाइन टिभी संग प्रत्यक्ष कुराकानी गर्दे पोख्रेलले यस्तो बताउनुभएको हो । शिक्षा ऐन तथा अब बन्ने संघीय शिक्षा ऐन मा निशुल्क शिक्षाको व्यवस्था भएतापनि बिदालयहरुले विभिन्न बहानाहरुमा सुल्क असुलिरहेको तर्फ सबै बिद्यार्थी सघ गठनहरुको गम्भिर हुनुपर्ने बताउनुभयो ।

माओवादी द्धन्द्धको समयमा सरकार पक्षबाट पिडित समेत बन्नुभएका पोख्रेलले सत्यनिरुपन तथा मेलमिलाप तथा बेपत्ता आयोगले तदारुकताका साथ काम गरी पिडितलाई न्याय दिन सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । प्रदेश नं ५ को स्थायी मुकाम दाङ तोकिनुपर्ने समेत पोख्रेलले बताउनुभयो ।