एमनेष्टी तुलसीपुरको साधारण सभा सम्पन्न



सैघाली खबर

तुलसीपुर ३१ असार । एमनेष्टी ईन्टरनेशनल नेपाल समुह ६६ तुलसीपुर दाङको २१ साधारण सभा सम्पन्न भएको छ । समुह ६६ का कार्यबहाक अध्यक्ष दिपेन्द्र चापाँगाईको अध्यक्षता तथा सल्लाहकार एबं पुर्ब केन्द्रीय सदस्य प्रमोद कुमार न्यौपानेको प्रमुख आतिथ्यमा शनिबार साधारण सभा भएको हो । त्यस अबशरमा मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि न्यौपानेले मानब अधिकारका क्षेत्रमा काम गर्ने एक मात्र अन्तराष्ट्रिय संस्था एमनेष्टी ईन्टरनेशनल भएको बताए । एम्नेष्टी गैरराजनीतिक, गैरसरकारी तथा गैर नाफमुखी संस्था भएकाले मानब अधिकारका क्षेत्रमा निस्वार्थ रुपमा लागिरहेको बताए । मानब अधिकार बिना शान्ति स्थापन गर्न नककिने भन्दै एमनेष्टीले मानिशको जन्मशिद्ध अघिकार बिगत देखी नै आवाज उठाउदै आएको बताए । निश्पक्षता, पारदर्शी र एकरुपता एमनेष्टीको सुन्दर पक्ष रहेको उनको भनाई थियो । साथै मानब अधिकारका क्षेत्रमा सञ्चार माध्यामको भुमिका पनि महत्वपुर्ण हुने उनको भनाई थियो ।

त्यस अबशरमा बिशिष्ट अतिथि एमनेष्टीका सल्लाहकार, उच्च अदालत बारका अध्यक्ष अधिबक्ता राम शरण चौधरीले एमनेष्टीले मानब अधिकारका लागि राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा आवाज उठाउदै आएको बताए । एमनेष्टीले मानब अधिकारका क्षेत्रमा उल्लेख्य काम गरेको समेत उनले बताए । त्यस अबशरमा एमनेष्टीका कार्यबहाक संयोजक निर्मल कुमार आचार्य, पत्रकार महासंघ दाङका सहसचिब गोकर्ण पौडेल, ग्रेट अरणीको स्कुलका प्रिन्सीपल मान बहादुर बस्नेतलगायतले मन्तब्य ब्यत्त गरेका थिए । साधारण सभामा सचिब काली बहादुर चौधरीले संगठनीक प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुनिल पोख्रेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । समुह ६६ का सदस्य जीबराज चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब काली बहादुर चौधरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्