नेपालबन्द सफल पार्न सहयोग गर्ने सवैलाई विप्लव द्वारा धन्यवाद



काठमाण्डौ १ भाद्र  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफनो पार्टीले आह्वान गरेको नेपालबन्दमा सहयोग र समर्थन गर्ने सबैपक्षलाई धन्यवाद दिनुभएको छ।

मंगलबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले आफनो पार्टीले आह्वान गरेको नेपाल बन्दमा वक्तब्य निकालेर ऐक्यवद्धता जनाउने सवैलाई धन्यवाद दिनुभएको छ।

साथै महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लडन जरुरी भईसकेको बताउनु भएको छ ।

विप्लवले पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको विरोधमा मंगलबार आह्वान गरिएको नेपालबन्द सफल बनाउने सम्पुर्ण बामपन्थी, देशभक्त, प्रगतिशिल शक्ति र जनताप्रति हार्दिक कृतज्ञता पनि ब्यक्त गर्नु  भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्