दाङ १भदौ।
पछिल्लो समय दाङमा खेतीयोग्य जमिन मासिदै जान थालेको छ । जिल्ला कृषि बिकास कार्यालय दाङका अनुसार बर्षेनी चार प्रतिसतका दरले खेतीयोग्य जमिन मासिदै गएको छ । बर्षेणी सिंचाई अभाब, प्लटिङलगायतका कारणले खेती योग्य जमिन मासिदै जान थालेको हो ।
दाङको कूल क्षेत्रफल २ लाख ९५ हजार ५ सय हेक्टर मध्य ६९ हजार ९ सय ५० हेक्टरमा खेतियोग्य जमिन हो । जिल्ला कृषि बिकास कार्यालयका अनुसार २०७० सालमा ३८ हजार ४ सय ३० हेक्टर जमिनमा धान खेती भएको थियो । तर २०७२ सालमा घटेर ३६ हजार ५ सय हेक्टरमा आएको कार्यालयले जनाएको छ । दुई बर्षमा १ हजार ९ सय ३० हेक्टर जमिनमा खेति नहुदा उत्पादनमा समेत ह्रास आएको थियो । यस्तै २०७४ सालमा ३६ हजार ४ सय १० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । घर घडेरीका लागि प्लटिङ, खेति गर्नेहरु बिदेश पलायन, बाँझो राख्ने प्रबृति बढ्दै जादा खेति योग्य जमिन घट्दै गएको छ ।
जसको फलस्वरुप कृषि उत्पादनमा पनि गिरावट आएको छ । जलबायू परिबर्तनले पनि त्यस्तै प्रभाब पार्ने गरेको जिल्ला कृषि बिकास कार्यालयका योजना अधिकृत तिलक केसीले बताए । समयमै पानी पर्दैन्, यसले गर्दा खेतहरु बाँझो रहने अबस्थाको शिर्जन हुन्छ । अर्को तर्फ सिंचाईको समस्या पनि त्यस्तै छ ।
दाङको आधाभन्दा बढी खेतीयोग्य जमिनमा अझैँ सिंचाई पुग्न सकेको छैन। कूल खेतीयोग्य जमिनमध्ये आधाभन्दा धेरै बढी जमिन अहिले पनि आकाशे पानीकै भरमा छन् । वर्षा राम्रोसँग भयो भने खेती हुन्छ, नभए हुँदैन । बर्षादको पानीको भरमा दाङका खेतहरुमा रोपाई भईरहेको छ । यसले गर्दा पनि समस्या निम्तिएको छ । धेरै जमिनमा सिंचाईका लागि कुलो नहर पु¥याउन सकिएको छैन । कृषि विकास कार्यालयका अनुसार दाङमा करिब खेती हुने ५९.८ प्रतिशत जमिनमा अझैं पनि आकाशे पानीकै भर पर्नुपर्छ । अर्को तर्फ अब्यबस्थित रुपमा खेतीयोग्य जमिन प्लटिङ हुनुले पनि खेतीयोग्य जमिन मासिदै जान थालेको छ ।
यस बर्ष करिब तीन प्रतिसतले घट्ने सम्भावन
जिल्ला कृषि बिकास कार्यालयका योजना अधिकृत केसीका अनुसार यस बर्ष पनि करिब तीन प्रतिसतका दरले खेतीयोग्य जमिन घट्ने सम्भाबना रहेको बताए । बिगतका भन्दा प्लटिङ गर्ने क्रम केही न्यूनिकरण भएकाले तीन प्रतिसत जति मात्रै घट्ने अनुमान रहेको उनले बताए । उनका अनुसार यसबर्ष बुधबारसम्म ९७ प्रतिसत रोपाई भईसकेको जानकारी दिए । यस बर्ष समयमै पानी नपरेकाले रोपाई ढिला भएको उनको भनाई थियो ।
समयमा पानी नपर्दा उत्पादन घट्न सक्ने उनले बताए । सिंचाईको उचित प्रबन्ध नमिलाउँदा पनि यस्तो समस्या आएको छ । दाङको अधिकांस खेतीयोग्य जमिन आकासे पानीको भरमा रहेकोले पनि यस्तो समस्या रहेको उनको भनाई थियो ।
उचित सिंचाईका लागि हाईड्याम्प बनाउने अनी बर्षादेको पानी संकलन गर्ने र सिंचाईका लागि प्रयोग गर्ने गरेमा सहज हुने उनको भनाई छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।