मुख्य समाचार

स्थानीय तहमा सबैलाई पाठ सिकाउदै चन्द्रागीरी नगरपालिका

By थाहा अनलाइन

August 17, 2018

स्थानीय तहले लगाएको आपत्तिजनक करले आम जनता कआक्रोशित बनिरहेको बेला चन्दागिरी नगरपालिकाले जनताका लागि आवश्यक सवै सेवा निशुल्क दिने सूचना सार्वजनिक गरेको छ । चन्दागिरी नपा वडा नं १५ का वडाध्यक्ष उत्तमबहादुर राउतले आफ्नो वडामा सार्वजनिक सूचना नै जारी गरेर जनताको पक्षमा काम अघि बढाएका हुन ।

थापाले सार्वजनिक गरको सूचनाअनुसार सो वडामा नागरिकता प्रमाणपत्र सिफारिश, जन्मदर्ता, बिवाह दर्ता निशुल्क गरिएको छ । यस्तै बसाइ सराई दर्ता, सम्बन्ध बिच्छेद दर्ता, मृत्यु दर्ता, छात्तबृत्ति सिफारिश र स्वास्थ्य सम्बन्धी सिफारिश पनि निशुल्क गरिएको छ । सो वडाले मृतकसँगको नाता प्रमाणितमा भने ३ सय १० रुपैया दस्तुर दिने ब्यवस्था गरेको छ ।

सो वडाले घटना भएको ३५ दिनभित्र घटना दर्ता नगरेमा २५ रुपैया जरिवाना हुने सूचितसमेत वडाबासीलाई गराएको छ । सो निर्णयलाई देशभरका नागरिकले स्वागत गर्दै अरु स्थानीय तहले पनि यसैगरी निशुल्क सेवा दिन सुझाएका छन ।