पश्चिम नवलपरासीस्थित भारतीय गण्डकको पश्चिमी नहरमा बिहीबार साँझ एक युवक डुबेर बेपत्ता भएका छन् । सुस्ता गाउँपालिका–२ सत्पती बस्ने जगनारायण चौधरीको छोरा वर्ष १७ का कमल चौधरी नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
नहरमा पानी धेरै भएका कारण चौधरीको खोजी गर्न कठिन भएको बेलाटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।