परराष्ट्रमन्त्री ज्ञवाली एक्कासी किन भारत जाँदैछन् ?



काठमाडौँ, १ भदौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत शुक्रबार जाँदैछन् । उनी भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन भारत जान लागेका हुन् ।

वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै ज्ञवाली सहभागी हुन लागेका हुन् । तीन पटक भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार दिउँसो निधन भएको थियो । उनको शुक्रबार दिउँसो ४ बजे अन्त्यष्टि गर्ने तयारी छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई पठाउने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्