समाचार

सरोकारवाला निकाय र पत्रकारबिच परामर्श , छलफल आबश्यक- मेयर केसि

By थाहा अनलाइन

August 17, 2018

टेक बहादुर पुन भाद्र १ लमहि,

नेपाल पत्रकार महासँघ दाङ्गको अायोजनामा बिपन्न तथा सिमान्तकृत समुदायको सुरक्षा र न्यायमा पहुँच अभिबृद्दि सम्बन्धि सम्बाद कार्यक्रम अाज लमहिमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै लमहि नगरपालिकाका प्रमुख मेयर कुल बहादुर केसिले न्यायमा सबैको समान पहुँच स्थापित सुरक्षा र न्यायसँग जागरणका कार्यक्रमहरु बस्तिस्तरमा फैलाउन अाबश्यक रहेको बताउनु भयो । त्यसका लागि स्थानिय सरोकारवाला निकाय र पत्रकारबिच परामर्श र छलफल गरि योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासँघ दाङ्गशाखाका कार्यबहाक अध्यक्ष लिला शाहकाे बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा लमहि नगरपालिका न्यायिक समितिका सँयोजक देबका बेलबासेले कानुन बिज्ञको अभाबमा लमहि नगरपालिकामा न्याय सम्पादनको अबस्था सन्तोषजनक नरहेको बताउनु भयो ।

सम्बाद कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले लागू पदार्थको सेवनले महिला हिँसा बढेको भन्दै सोको नियन्त्रणका लागि अाबश्यक पहल थाल्नुपर्ने, पत्रकारहरुले सुरक्षा र न्यायका कुरालाई बढि प्राथमिक्ता दिएर समाचार लेखन तथा प्रकाशन दिनुपर्ने, स्थानिय सरोकारवाला र पत्रकारबिचको सम्बन्ध सुमधुर हुनुपर्ने, सुरक्षा र न्यायको बिषयमा समुदायका मानिसहरु लाई जागरुक गराउन पर्ने, क्षत्राधिकार अलमल रहेकाले क्षत्राधिकार बारेको अस्पष्टता हटाई न्याय सम्पादनमा एकरुपमा ल्याउन जरुरि रहेको कुरामा जोड दिईएको थियो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय लमहिका प्रमुख अरुण कुमार सिँह, रेडियो हाईबे लमहिका प्रबन्ध निर्देशक केपि घिमिरे , रेडक्रसका गँगाराम भट्टराई, सर्चफर कमण्ड ग्राउण्डका राजेन्द्र अधिकारि, सामुदायिक प्रहरी सेवा केन्द्रका योगमाया शाहि , गिरिराज भट्ट लगायत देउखुरिका सँचारकर्मिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार दशरथ घिमिरेले गर्नुभएको थियो ।।