घरबारबिहिन बालबालिकाकी आमा‘श्यानी चौधरी’



 

दिपक बोहरा, तुलसीपुर, १ भदौ

तुलसीपुर उपमहानगर वडा नम्बर १३ तुईखोलाका प्रेम चौधरीको आमामा आँखा नदेख्ने समस्या छ । बुवा कता छन्, केही अत्तोपत्तो छैन् । बिद्यालय जाने उमेर भईसकेको थियो । उनी ६ बर्ष पुगिसकेका थिए । तर बिद्यालय जान त के खान,बस्नको समेत टुंगो थिएन् । त्यसपछि उनको यस्तो अबस्था देखेर तुलसीपुरको दिदीघर संस्थाले उनलाई पढाउने जिम्मा लियो । अहिले उनले तुलसीपुरको ग्रेट अरनीकोमा पढिरहेका छन् । उनको एउटा मात्रै सपना छ । पढेर आँखाको डाक्टर बन्ने । उनकी आमा दृष्टिबिहिन छन् । त्यसैले पनि उनमा आँखाको डाक्टर बन्ने तीब्र ईच्छा जागेको छ । यस्तै कति आमाहरुको आँखा नदेख्दा घरबार नै बिग्रिएको होला, उनले भाबमा ब्यक्त गर्ने शब्द हो यो । त्यसैले यस्तै आँखा नदेख्नेहरुको उपचार गरेर सुनौलो संसार देखाउने उनको लक्ष्य छ ।

यस्तै लक्ष्य बोकेकी छिन्, तुलसीपुर ११ की मञ्जु चौधरीले पनि । ६ बर्षकी उनले यो भन्दा अगाडि न त बिद्यालय देखेकि थिईन्, न त पेटभरि खान नै पाएकी थिईन् । तर उनको जिम्मा दिदीघर संस्थाले लिएपछि अहिले उनले डाक्टर बन्ने लक्ष्य लिएकी छिन् ।

त्यस्तै सुनौलो भबिष्य देखेकी छिन्, तुलसीपुर १०, पढ्ढाकी अञ्जना चौधरीले । उक्त संस्था उनीहरुका लागि एउटा भगवान साबित भएको छ । दिदीघर संस्थाले उनीहरुको शिक्षा र पालनपोषणको जिम्मा नलिएको भए, अहिले उनीहरु सडकमा माग्दै हिड्नु पर्ने अबस्था आउँथ्यो, होला । उनीहरुले जीवन यापनका लागि ठुलै संर्घष गर्नुपथ्र्यो होला । उनीहरुको भोको पेटले जीवन,मरनसंग संघर्ष गर्नुपथ्र्यो होला । तर अहिले यस्तो पबित्र लक्ष्य लिने आधार बनाएको छ, दिदीघर संस्थाले । उनीहरुले विद्यालय जान पाउछौं, भन्ने कल्पना पनि गरेका थिएनन् ।‘यसरी स्कुल जान पाईन्छ भन्ने सोँचेको थिईन’ तुलसीपुर १४ की सुस्मिता चौधरीले भनिन् । उनका वुवाको नदीमा डुबेर निधन भयो । उनकी आमा अर्कैसंग विवहा गरेर गईन् । त्यसपछि उनको शाहारा कोही थिएन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ तुईखोलाकी सुष्मा चौधरीको घर खोलाले बगायो । अहिले खोलाकै किनारमा सानो झुप्रो छ । घर र सम्पति खोलाले बगाएपनि उनका वुवाको मानसिक सन्तुलन गुम्यो । उनकी आमा पनि अशक्त भईन्, त्यसपछि उनी बिच्चलीमा परेकी थिईन् । यस्तै तुलसीपुर ११ की मीना चौधरी आफ्नो कुनै घरबास नभएपछि छिमेकीको घरमा बस्दै आएकी थिईन् । उनीहरुको शाहारा कोही थिएन्, अहिले उनीहरु सडक बालबालिका हुन्थे होला । तर अहिले दिदी घरले आमावुवाले दिने माया दिएको छ । खाना बस्न तथा पठनपाठन गराएको छ । यसले उनीहरुको सोँच नै परिबर्तनमा ल्याएको छ । डाक्टर बन्ने पबित्र सोँच बनाउन सक्ने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्री गाउँमा रहेको उक्त संस्थाले अहिले ६ जना घरबारबिहिन भएका बालबालिकालाई पढाउँदै आएको छ, भने खाना बस्न खर्च पनि आफै ब्यहोर्दै आएको छ । घर नभएका तथा आफन्त नभएकाहरुलाई शिक्षा दिक्षा दिएर ठुलो मान्छे बनाउने संस्थाको लक्ष्य रहेको अध्यक्ष श्यानी चौधरीले बताईन् । अहिले आफ्नै सन्तान जसरी ती बालबालिकालाई माया दिईरहेका छन् । ति बालबालिकाले पनि आफ्नै घरमा बसे जस्तो आभास गर्ने गरेको बताउँछन् । चौधरी समुदायका बालबालिकालाई त्यहाँ राखेर पालनपोषण गरिदै आएको छ ।

आफ्नै घरमा संस्था राखेर पालन पोषण गरिरहेको अध्यक्ष चौधरीले बताईन् । ति बिद्यार्थीहरुलाई साँझ बिहान संस्थामै पढाउने वातावरण पनि बनाएको अध्यक्ष चौधरीले बताईन् । बिद्यालय मात्रै पढेर नहुँने भन्दै उनले साँझ बिहान पढाउनका लागि संस्थामा शिक्षिका पनि राखेको उनको भनाई छ । यस अघि पनि आर्थिक अभाब भएका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै आएकी उनले चालु शैक्षिकशत्र २०७५ को बैशाख देखि ६ जना बालबालिकालाई राखेर पठन पाठन गराउँदै आएकी छिन् ।

उनले यी बालबालिकाको शुनौलो भबिष्य देख्ने रहर भएको बताईन् ।‘यी बालबालिकाको सुनौलो भबिष्य देख्ने रहर छ’ उनले भनिन्‘शाहारा बिहिन भएकाहरु भबिष्यमा मेरै कारण ठुला मान्छे भए भने मेरो सन्तुष्टि त्यही हुनेछ ।’ २०६१ देखि उनको संस्थाले पिछडिएका, गरिब तथा शाहारा बिहिन बनेका बिद्यार्थीहरुको भबिष्य उज्ज्वल बनाउँदै आएकी छिन् । उनले अहिले पनि दाङका तीन सय भन्दा बढि बालबालिकालाई सहयोग गर्दै आएकी छिन् ।

उनले सहयोगबाट नै शिक्षा पाएकी पढ्ढाकी उशा चौधरी कक्षा १२ मा राप्ती ववई क्याम्पसमा अध्ययन गर्दै आएकी छिन् । आमा वुवा कोही नभएकी उनलाई सोही संस्थाको सहयोगमा नै पठनपाठन गर्ने प्रेरणामिलेको उनी बताउछिन् । अहिलेसम्म १५ जनाले कक्षा १० पास गर्न सफल भएको समेत बताईन् ।

उनले राज्यबाट सहयोग पाए अझै धेरै असहाय बालबालिकालाई शिक्षा दिक्षा दिने बताईन् ।‘राज्य र बिभिन्न निकायबाट सहयोग पाए मैले अझै धेरै यस्ता साहारा बिहिन बनेका बालबालिकालाई घरमै राखेर शिक्षा दिक्षा दिने योजना बनाएकी छु’ उनले भनिन्‘यसका लागि राज्य तथा बिभिन्न निकायको सहयोग खोजीरहेको छु ।’

पढाईमा उत्कृष्ट छन ः प्रिन्सीपल बस्नेत

अहिले उनीहरुलाई तुलसीपुरको ग्रट अरनीको बिद्यालयले सहुलियतमा पठनपाठन गराईरहेको छ । निजि बिद्यालय भएपनि साहारा बिहिन बनेका बालबालिकाको उज्ज्वल भबिष्यका लागि एकदमै न्यून शूल्कमा अध्यायन गराएको बिद्यालयका प्रिन्सीपल मान बहादुर बस्नेतले बताए ।‘उनीहरु अनाथ बालबालिका हुन’ उनले भने‘त्यसैले न्यून शूल्कमा पठन पाठन गराईरहेका छौं ।’ ति बालबालिकाहरु पढाईमा पनि उत्कृष्ठ नै रहेको बताए । अहिले अञ्जु चौधरीले कक्षा २ मा पढ्छिन्, भने अन्य सबैले युकेजीमा अध्ययन गरिरहेका छन् । प्रिन्सीपल बस्नेतका अनुसार मञ्जु चौधरी एलकेजीबाट ९८.८ प्रतिसत अंक ल्याएर प्रथम हुन सफल भएकी छिन् । त्यस्तै त्यस्तै सुस्मिता चौधरीले पनि तेस्रो स्थान ल्याउन सफल भएकी थिईन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्