प्रदेश सभामुखको प्रेस संयोजकमा वली चयन



घोराही १ भदौ।
प्रदेश नम्बर ५ का सभामुख पूर्ण बहादुर घर्तीको प्रेस संयोजकमा गणेश वली चयन भएका छन् । लामो समय दाङमा क्रियाशिल पत्रकार गणेश वलीलाई सभामुखको प्रेस संयोजकमा नियुक्त गरिएको हो । पत्रकार महासंघ प्रदेश नम्बर ५ का कोषाध्यक्ष समेत रहेका वलीलाई शुक्रबार समामुख घर्तीले स्वागत गरेका थिए ।

पत्रकार वली दाङमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत रहेका छन।उनले लामो समयदेखी पत्रकारीता क्षेत्रमा क्रियाशील रहेर प्रेस सेन्टर नेपालको जिल्लादेखी केन्द्रीय तहसम्म काम गरेका छन् ।

प्रेस सल्लाहकारसंगै सभामुखको सचिबालयले सचिब पनि नियुक्त गरेको छ ।
प्रेस संयोजक र सचिबलाई शुक्रबार एक कार्यक्रमकाबीच स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा सभामुख पूर्ण बहादुर घर्तीले सचिवालयमा नवनियुक्त सचिव र प्रेस संयोजकले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।वलीले गोरखा पत्र राष्ट्रिय दैनिक,नयाँ पत्रिका, दाङको राप्ती समाचार, रेडियो झरणामा काम गरिसकेका छन् ।भन् वली सैघाली खबरका पुर्ब सम्पादक समेत हुन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्