मुलुकी संहिताको गलत व्याख्या नगर्न – मुख्य मन्त्रीको पोखरेलको आग्रह ।



वुटवल,२ भदौ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ मुलुकी संहिताको विरोध कानूनका अल्पज्ञानीले मात्रै गरेको बताएका छन् । कतिपयले कम्युनिस्टको दुई तिहाई नेतृत्वको सरकार आएसंगै अधिनायकवाद लाद्न यो संहिता लागू गरेको अर्थ लाग्ने गरी गलत प्रचार गरेको भन्दै मुख्यमन्त्री पोखरेलले भ्रममा नपर्न आग्रह गरे ।

शुक्रबारदेखि लागू भएको नयाँ मुलुकी संहिताका विषयमा प्रदेश ५ कानुन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यो संहिता एकाएक आएको नभई धेरै वर्षको तयारीपछि आएको स्पष्ट पारे ।

नयाँ संहिता आएसंगै अब मुलुकले नयां बाटोतर्फको यात्रा आरम्भ गरेको र यसले सभ्य समाज निर्माणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । मुलुकले नयां कानुनको अभ्यास थालेकाले यसको कार्यान्वयनका सिलसिलामा समस्या देखिए परिमार्जन गर्न सकिने उनले बताए ।

प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेर नयाँ मुलुकी संहिताको पूर्ण कार्यान्वयन गराउने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले यो ऐन राष्ट्रिय आवश्यकताका आधारमा आएको र यसमा कुनै राजनीतिक स्वार्थ नरहेको दावी गरे ।

 

मुख्यमन्त्री पोखरेलले नयां ऐनले प्रेस स्वतन्त्रता कुण्ठित नहुने तर्क गरे । उनले बदलिएको समाजसंग पुरानो मुलुकी ऐन काम नलाग्ने भएकाले नयाँ कानुन ल्याउनु परेको स्पष्ट पारे ।

प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले नयां कानुनलाई अब सम्बन्धित सबै निकायले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्