दक्षिण भारतको केरेला राज्यमा बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ३ सय ४२ पुगेको छ । केरेलाको कासरगोड बाहेक सबै जिल्लामा राज्य सरकारले रेड अर्लट जारी गरेको छ । मौसम विभागले १३ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ ।
केरेलाका मुख्यमन्त्री पिनराई विजयनले बाढी पहिरो प्रभावितका लागि उद्धार र राहतको कार्य भइरहेको बताउनुभएको छ । सरकारद्वारा बनाइएका शिविरमा करीब २ लाख मानिसले शरण लिइरहेको भारतीय सञ्चारमाध्मले उल्लेख गरेका छन् । हेलिकप्टर तथा डुङ्गाको सहायतामा उद्धार जारी छ । मौसम विभागले अझै केहीदिन भारी वर्षा हुने भन्दै सतर्क रहन र सुरक्षित स्थानमा जान सर्वसाधारणमा अपिल समेत गरेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।