आर्थिक

घोराही– १४ द्धारा सडक मर्मतको काम सुरु

By थाहा अनलाइन

August 18, 2018

दाङ –२ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १४ ले सडक मर्मतको काम सुरु गरेको छ । वडा कार्यालयले विभिन्न टोलहरुमा बिग्रेका सडकको पुनः मर्मतको काम सुरु गरेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

 

सडक क्षेत्रमा परेका खाल्डा खुल्डीले दुर्घटना निम्त्याउँने भन्दै सडक मर्मतको काम अगाडी बढाएको वताउँनुभयो । वडा नंं १४ को लखनपार्क, पुरानो बसपार्क, वाल मन्दिर,भेटनरी कार्यालय हुदै नयाँ बसपार्क जोड्ने विग्रेका मर्मत गरिएको अध्यक्ष डाँगीले वताउँनुभयो ।