दिपक बोहरा,
दाङ २ भदौ ।
आफ्नो व्यवसाय आफै गर्नुपर्ने उदेश्यका साथ हिलसाईड टेक्निकल कलेज आयोजना गरेको उद्यम विकास सहजकर्ता तालिमको शुक्रबार समापन गरिएको छ । साउन २३ गतेदेखी भदौ १ गतेसम्म सञ्चालन भएको उक्त तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको हो । १० दिन सम्म संचालन भएको तालिममा २३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकहरुमा कमलकान्त दाहाल,गणेश भण्डारी र अमिर लामा रहेका थिए ।
व्यवस्थापक तिलक चन्दको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगर पालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि पाण्डेले उद्यम विकास तालिमले बिद्यार्थीहरुमा आत्मनिर्भर बन्न सिकाउने बताए ।
उनले मुलुक नयाँ युगमा अगाडि बढिरहेको भन्दै नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने बताए ।
प्रमुख पाण्डेले अन्य विषय पढेर जागिर सहजै प्राप्त गरेता पनि उद्यम विकास तालिमले आफ्नोलागि जागिरको श्रृजन ागर्ने बताए । उनले तुलसीपुर उपमहानगरपालिलाई प्राविधिक विषयको पढाई हुने केन्द्रको रुपमा विकास गर्नका लागि पहल थालिरहेको बताए । कमलकान्त दाहालले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण बर्षा थापाले गरेको कलेजका संस्थापक एकराज चन्दले जानकरी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।