विद्यार्थीसँग अप्राकृतिक सम्बन्ध राख्ने प्रअ पुर्पक्षका लागि थुनामा



पर्वत– आफैले पढाउने बालिकामाथि अप्राकृतिका मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् ।

फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयाराम पोखरेलको इजलासको आदेशपछि शुुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो ।

थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत त्यही उमेर समूहकी अर्की बालिकालाई पटक–पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो

प्रअ पौडेलले झण्डै एक वर्षअघिदेखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफूले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पीडित बालबालिकाले आफ्ना अभिभावकलाई बताएका थिए । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउनुका साथै फलेबासस्थित प्रहरी चौकीमा बुझाएका थिए ।| रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्