राजनीति प्रधानमन्त्रीको स्वागतमा प्रदेशसभामा झकिझकाउ



जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि २ नम्बर प्रदेसभालाई झकिझकाउ बनाइएको छ। आज प्रदेश २ को सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रदेशभामा प्रधानमन्त्री ओलीको सम्बोधन हुने कार्यक्रमलाई लक्षित गरी सभा बैठकलाई विभिन्न झकीझकाउ सहित फूलमालाले सजाइएको हो। प्रदेशसभा भवनमा राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश सांसदहरू अनुपस्थित रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली  जनकपुरधाम विमानस्थलमा ओर्लिसकेका बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्