अचम्मका कुरा

२२० यात्री सवार विमानमा बेस्सरी मोजा गनाएपछि गराइयो आकस्मिक अवतरण

By थाहा अनलाइन

August 18, 2018

अमेरिकाको स्पिरिट एयरलाइन्सको विमानमा यात्रीहरूले गनाउने मोजाको जस्तो गन्ध आएको गुनासो गरेपछि विमानको आकस्मिक अवतरण गराइएको छ ।

साउथ क्यारोलाइनामा अवतरण गरेपछि विमानमा पाँच घन्टासम्म खोजतलाश गर्दा पनि कुनै दुर्गन्धित कुरा भेटिएन । पछि यात्रीहरूलाई अर्को उडानबाट गन्तव्यमा पठाइयो ।

यो घटना बिहीवार भएको थियो । विमान राति साढे ८ बने उडेको थियो । उडानकै क्रममा यात्रीहरूले गन्ध आएको, छाती दुखेको र गलामा पोलेको गुनासो गरे । विमानलाई बिहीवार राति १० बजे साउथ क्यारोलाइनामा अवतरण गराइयो । विमानमा २२० यात्री थिए ।स्पिरिट एयरलाइन्सले बताएअनुसार, खोजी र अन्य आवश्यक प्रक्रिया पूरा गरेपछि यात्रीहरूलाई अर्को विमानबाट पठाइने निर्णय गरियो । उनीहरू पाँच घन्टा ढिलो गरी बिहान पौने ५ बजे फ्लोरिडा पुगे ।