पुरातन सोचले देश पछि परेको छ-पर्यटनमन्त्री



काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विकास सम्बन्धी पुरातन सोचाईका कारण मुलुक पछि परेको बताएका छन्। शनिबार राजधानीमा आयोजित फाष्टफुड एसोसिएसन नेपालको छैठौ अधिवेशनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले विकास बारेको पुरातन सोचाईमा परिर्वतन ल्याउनुपर्ने बताए।  विकासका लागि मुलुकका सबै गतिविधिलाई चौबिसै घण्टा संञ्चालनमा ल्याईनुपर्ने उनको तर्क थियो। उनले उद्योग, कल कारखाना, होटल तथा महत्वपुर्ण शहरहरुलाई चौबिसै घण्टा संञ्चालनमा ल्याउन सके मुलुकले विकासको फड्को मार्ने बताए। आफुले नया सोचका साथ पर्यटन क्षेत्रलाई विकासको गतिमा अघि बढाउने उद्घोष पनि उनले गरे। मन्त्री अधिकारीले राजधानी काठमाण्डौको मुख्य चुनौति सडक सुधार र वायु प्रदुषण रहेकाले वातावरणीय दृष्टिले स्वच्छ बनाउन सक्ने हो पर्यटन लगायतका व्यवसाय फस्टाउने बताए। भुकम्पले क्षतिपुगेका सम्पदा पुर्ननिर्माणको काम तिब्र गतिमा अघि बढेकाले एक बर्ष भित्र अधिकांश सम्पदा पुर्ननिमाणको काम सम्पन्न हुने दाबी पनि गरे। उनले नेपालको फाष्टफुड संसारकै सर्वोत्कृष्ट फास्टफुड बनाउन तर्फ लागिपर्न पनि व्यवसायीलाई सुझाव दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्