सडकको अवस्था सुधार्न प्रधानमन्त्रीले सचिवसँग छलफल गर्दै



असार १


वर्षासँगै राजधानीका सडकको बेहाल भएपछि सरकारले सडक सुधारका लागि छलफल गर्ने भएको छ । सडकमा आएको भेलले बगाएर काठमाण्डुमा हिजो एक बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको अवस्था सुधार गर्ने बारे सरकारका सचिवहरुसँग छलफल गर्दैहुनुहुन्छ । उहाँले आज सचिवहरुलाई बोलाएर छलफल गर्न लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अब्यवस्थित ढल, बाटो विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन महिनौदेखि खनिएका सडकमा भेलले बगाएर नागरिकको ज्यानै गएपछि प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयका सचिवसँग छलफल गर्न लाग्नु भएको हो । बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बैठकमा भौतिक पूर्वाधार तथा यातायात, अर्थ, खानेपानी, उर्जा लगायत मन्त्रालयका सचिवलाई निश्चित समय नै तोकेर त्यो अवधिभित्र काठमाडौ उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डी पुर्न, सडकमा भेल नआउने बनाउन निर्देशन दिने तयारी गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्