संविधानले मधेसलाई विभेद गरेको छैन : प्रधानमन्त्री ओली



काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले मधेसलाई विभेद नगरेको बताएका छन् ।

शनिबार प्रदेश नम्बर २ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानले कसैलाई विभेद गरेको छैन । विभेद भएको देखिएमा संविधान र कानून संशोधन हुन्छ ।’

उनले संविधानमा विभेद भएको देखाउन आग्रह गर्दै विभेद छ भन्ने देखिएमा संघीय सरकारले संशोधन गर्ने समेत दाबी गरे ।

प्रधानमन्त्री ओलीले दुई नम्बर प्रदेशका मानिसहरु भाग्यमानी भएको बताउँदै भने, ‘यो प्रदेश यति भाग्यमानी छ कि रेल पनि यसैबाट कुद्छ, गाडी पनि यसैबाट कुद्छ । कलकत्ता जाने पानीजहाज पनि यही प्रदेशबाट हिँड्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्