बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा महिलाको अर्धनग्न प्रदर्शन



काठमाडौं– बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै महिलाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। जयनारी अभियानकी सावित्री सुवेदीको नेतृत्वमा शनिबार दिउँसो महिलाहरुले कालो पेटिकोट लगाएर अर्धनग्न भई प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाएका थिए। महिलाको प्रदर्शनमा तेस्रो लिंगीका साथै पुरुष पनि सहभागी थिए। प्रदर्शनकारीका क्रममा प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ समेत गरेको छ। जयनारी अभियानकी सुवेदीसहित रिया भण्डारी, तेस्रो लिंगी सन्ध्या लामालाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ। देशमा बढ्दो हत्या हिंसा र बलात्कारका घटनाको विरोध गर्दै शान्ति सुरक्षाको मागसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

नागरीक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्