मेयरले बचाँए बालिकाको ज्यान



दाङ २ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० बनगैकी १२ बर्षीया ममता वलीलाई शनिबार विहान ९ बजेतिर घर नजिकै खेतमा जाने क्रममा सर्पले टोक्यो । परिवार आफन्तहरु आत्तिय । एम्बुलेन्स बोलाउने तर्खरमै थिए । त्यही क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे एउटा कार्यक्रममा जान त्यहाँ नजिकै पुगेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० र ११ को संयुक्त समिक्षा बैठकमा जाने क्रममा ममतालाई सर्पले टोकेको कुरा प्रमुख पाण्डेले जानकारी पाए ।

जानकारी पाए लगतै आफ्नो गाडीमा राखेर ममतालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पु¥याएको वडा नम्बर ११ का सदस्य सुवास डिसीले बताए । उनलाई समयमै अस्पताल पु¥याएपछि आफन्त पनि ढुक्क भए । उनको उपचार सहज भयो । मेयरकै कारण उनी खतरा मुक्त भईन् ।

सर्पले टोकेका बिरामीलाई जति सक्यो, उति छिटो अस्पताल पु¥याउन सकियो भने उसको ज्यान सुरक्षित हुन्छ । एउटा जनप्रतिनिधिले गर्नुपर्ने भूमिका निर्वाह गरको प्रमुख पाण्डेले बताए ।

 

‘उहाँहरुले नै मलाई जिताउनु भएको हो’ उनले भने‘ अब उहाँहरुकै दुःख, सुखमा सहयात्रा गर्नुपर्ने मेरो कर्तब्य हो ।’ साथै प्रमुख पाण्डेले अस्पतालका डाक्टरलाई उपचारमा ध्यान दिन समेत अनुरोध गरे । अहिले उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । अबस्था सामान्य रहेको अञ्चल अस्पताल स्रोतले बताएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्