दूरदर्शीताको अभाव भयो  संयोजक भट्टराई



काठमाडौँ, २ भदौ  ।  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिज्ञमा दूरदर्शीताको अभावका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ ।

लेखक दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा उहाँले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त गर्नुभयो ।

नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले देशमा निरंकुशताविरुद्ध सुवेदीको समूहले विमान अपहरण गरेको स्मरण गर्दै समाजवादको उन्नतस्वरुप लोकतन्त्र भएकाले त्यसलाई संरक्षण र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।


पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालीन समयको राजनीतिक घटनाक्रमलाई समेटेर ल्याइएको पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले उक्त पुस्तकले जनतालाई स्वतन्त्र बनाउन तथा मुलुकलाई विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लेखक सुवेदीले विभिन्न समयमा भएका राजनीतिक क्रान्तिबाट प्राप्त भएको संविधानसभाबाट संविधान जारी भएपछि पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विपन्न वर्गको सामाजिक सशक्तीकरणमा जोड्न नसकिएको बताउनुभयो ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्