बसले ठक्कर दिँदा २ जना घाइते



दाङ, भदौ ३ । बसले मोटरसाइकिललाई ठक्कर दिँदा दाङमा २ जना घाइते भएका छन् । जिल्लाको घोराही–लमही सडक खण्डको कुइरेपानीमा गएराति    ना५ख ६७६७ नम्वरको वसको ठक्करबाट लु३९प ३८८२ को मोटरसाइकिलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ठक्करबाठ प्यूठानबाट घोराही आउँदै गरेका प्यूठान नगरपालिका–६ माझकोटका १९ वर्षिय पदम गयल मगर, र झिम्रुकका १७ वषिैय यामबहादुर थापा घाइते हुनुभएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका दुवै जनालाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचार गरी नेपालगञ्ज मेडिकल  कलेज कोहोलपुरमा रिफर गरिएको प्रहरीको भनाई छ । गम्भीर घाइते दुवैको अवस्था सुधारोन्मुख रहेको जनाइउको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्