दाङका पाँच नमुना बिद्यालयलाई २९ लाख ५० हजारका दरले अनुदान वितरण



दिपक बोहरा, तुलसीपुर १ साउन 

नमुना बिद्यालय छनौट भएका दाङका पाँच बिद्यालयलाई झन्डै डेढ करोड अनुदान निकासा भएको छ ।
साबिकका पाँचवटै निर्बाचन क्षेत्रबाट छनौट भएका पाँच नमुना बिद्यालय प्रत्येकलाई २९ लाख ५० हजारका दरले अनुदान रकम निकासा भएको दाङका जिल्ला शिक्षा शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिए । मैनालीका अनुसार जिल्लाबाट छनौटमा परेका पाँच विद्यालयलाई एक करोड ४७ लाख ५० हजार अनुदान रकम प्रदान गरिएको छ ।

शिक्षा मन्त्रालयले नमुना बिद्यालयका रुपमा छनोट गरेका दाङका पाँच बिद्यालयलाई बिभिन्न पाँच शिर्षकमा खर्च गर्नका लागि उक्त अनुदान रकम उपलब्ध गराएको शिक्षा अधिकारी मैनालीले राप्ती समाचारलाई बताए । क्षेत्र नं। ५ को बिपी कोईराला माबि बयाले , क्षेत्र नं। ४ को गुरु जजुर माबि तुलसीपुर, क्षेत्रं। ३ बाट पदमोदय पब्लिक माबि भरतपुर घोराही, क्षेत्र नंंं। २ बाट आदर्श माबि लालमटिया र क्षेत्र नं। १ बाट आदर्श माबि देउपुर नमुना विद्यालयका रुपमा छनोटमा परेको हुँदा ति सबै विद्यालयलाई २९ लाख ५० हजारका दरले अनुदान रकम प्रदान गरिएको मैनालीले बताए ।

नमुना छनौट भएका पाँच बिद्यालयलाई बिज्ञान प्रयोगशाला व्यबस्थापनका लागि फिक्सिङ्ग कार्यक्रममा नौं लाख, पुस्तकालय व्यबस्थापन,फिक्सीङ्ग र किताव खरिदका लागि छ लाख ५० हजार, आईसीटी ल्याब व्यबस्थापनका लागि फिक्सिङ्ग कम्प्युटर सामाग्री तथा किट समेतको व्यबस्थापनका लागि १३ लाख, प्रद्यानाध्यापक र शिक्षककाबीच अनुबन्धनका आधारमा कार्यसम्पादन मुल्याङ्कन कार्यक्रमका लागि एक लाख अनुदान रकम वितरण गरेको दाङका जिल्ला शिक्षा अधिकारी मैनालीले बताए । प्रदान गरिएको अनुदान रकम शिक्षा बिभागको व्यबस्थापन शाखासंग समन्वय गरी गुरु योजना ९मास्टर प्लान० स्वीकृती लिएर मात्र रकम खर्च गर्न पाउने व्यवस्था रहेको मैनालीले जानकारी दिए ।
शिक्षा बिभागले बिद्यालय क्षेत्र बिकास अन्तरगत पुस्तकालय, प्रायोगात्मक र आधुनिक सूचना प्रबिधिले युक्त नमुना माध्यामिक बिद्यालय निर्माण गर्ने हो भने बिद्यालय शिक्षाको गुणस्तर बृद्धि गर्न नमुना बिद्यालय निर्माण गर्ने नीति ल्याएको हो । शिक्षा बिभागले बिशिष्टिकृत बिद्यालय, आदर्श बिद्यालय, अगुवा बिद्यालय निर्माण गर्ने लक्ष्य लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्