वाईसिईएल अध्यक्षद्धारा असहाय बालबालिकालाई सहयोग



 

तुलसीपुर, ३ भदौ ।

पूर्बमाओवादी केन्द्र निकट युवा संगठन योंग कम्युनिष्ट लिग नेपाल ( वाईसिएल) रोल्पाका अध्यक्ष रितमान पुन‘अग्रिम’ले असहाय बालबालिकालाई सहयोग गरेका छन् । तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल विकास नेपाल दाङले पालन पोषण तथा शिक्षा दिक्षा दिदै आएका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । त्यहाँ रहेका १५ जना बालबालिकालाई सहयोग गरेको संस्थाका कोषाध्यक्ष सीमा ओलीले जानकारी दिईन् । वाईसिएलका केन्द्रीय सचिवालय सदस्य समेत रहेका अग्रिमले अनाबश्यक फजुल खर्च गर्नु भन्दा असहाय बालबालिकालाई सहयोग गर्नुपर्ने उनले बताए । सडक बालबालिकालाई शाहारा दिईरहेको भन्दै उक्त संस्थालाई सबैले सहयोग गर्नुपर्ने उनको तर्क थियो । बेशाहारा बालबालिकाको शाहारा दिनु सबै नागरिकको कर्तब्य रहेको भन्दै सबैले सहयोग गर्नुपर्ने उनले बताए । उनले आउँदा दिनमा थप सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।

त्यस अवसरमा असहाय बाल विकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरीले सहयोग गर्ने वाईसिएल रोल्पाका अध्यक्ष अग्रिमलाई धन्यबाद दिए । सबै नागरिकले अग्रिम जस्तै सहयोग गरे अझै थप सामाजिक काममा प्रेरणा मिल्ने बताए । उनले थप सहयोगको समेत अपेक्षा गरे ।

सामाजिक अभियानता अग्रिमले एक विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक सहयोग गरेका छन । ती बिद्यार्थीले घोराहीको पदमोदयमा अध्ययन गरिरहेका छन् ।

 

((

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्