मुख्य समाचार

रोट्रायाक्ट क्लवको अध्यक्षमा सचिन पौडेल

By थाहा अनलाइन

July 16, 2017

शरद रेग्मी तुल्सीपुर,१

रोट्रयाक्ट क्लव अफ तुलसीपुरको अध्यक्षमा तुलसीपुरका युवा ब्यवसायी सचिन पौडेल सर्व सम्वत चयन हुनु भएको छ । शनिवार भएको क्लवको भेलाले क्लवको अध्यक्षमा पौडेललाई सर्व सम्वत रुपमा अध्यक्षमा चयन गरेको छ । पौडेल एक वर्षिय कार्यकालका लागि अध्यक्ष चयन हुनु भएको हो । त्यसैगरि क्लवको भावि अध्यक्षमा रूपेश शर्मा , प्रस्तावित अध्यक्षमा बिनय के।सी , उपाध्यक्षमा नवीन राई , कोषाअध्यक्षमा रञ्जन सिंह , महासचिवमा हेमेन्द्र खड्का ,सचिवमा कमल डि सी सर्व सम्वत रुपमा चयन हुनु भएको छ । रोटरी क्लव अफ तुलसीपुर सिटिको युवा संगठनको रुपमा रहेको क्लवले बिभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ । क्लवले स्वास्थ्य शिक्षा , सरसफाई लगाएतका कार्य गर्दै आएको छ ।

 

यता क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरि तुलसीपुर उद्योग बाणिज्य संघमा रोटरी क्लब र रोट्रयाक्ट क्लबका सदस्यहरु निर्वाचित भएको हुदा स्वागत एव सम्मान गरेको छ । क्लबले अध्यक्ष विरु रावत , सचिव बिनिल केसी , सहकोषाध्यक्ष देवबहादुर केसी , एशोसियट सदस्य यज्ञ बहादुर केसी र हेमेन्द्र खडकालाई स्वागत एव सम्मान गरिएको हो । क्वबका अध्यक्ष सन्दिपन रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य क्लवका पुर्व अध्यक्ष देवेन्द्र केसिले गर्नु भएको थियो भने संचालन महासचिव हेमेन्द्र खडकाले गर्नु भएको थियो ।