मुख्य समाचार

विश्व फोटोग्राफी दिवस मनाईँदै

By थाहा अनलाइन

August 19, 2018

काठमाडौँ – विश्व फोटोग्राफी दिवस नेपालसहित विश्वभर मनाईँदै छ । यो दिवस हरेक वर्ष अगस्ट १९ मा मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।

अष्ट्रेलियाली फोटोग्राफर कोस्र्के आराको प्रयासमा औपचारिक रुपमा दिवस मनाउन थालिएको हो । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गरिन्छ ।

अगस्ट १९ लाई फोटोग्राफीको जन्मदिन पनि भन्ने गरिएको छ । दिवसको अवसरमा नेपालमा पनि आइतबार विभिन्न कार्यक्रम हुँदैछ ।