समाचार

राष्ट्रियसभाका समिति सभापतिहरुको निर्वाचन भदौ १३ मा हुने

By थाहा अनलाइन

August 19, 2018

काठमाडौंः राष्ट्रियसभामा रहने संसदीय समितिका सभापतिहरुको निर्वाचन भदौ १३ गते हुने भएको छ। भदौ तीन गतेका लागि तोकिएको कार्यतालिका १३ गतेका लागि सारिएको सभाअध्यक्ष गणेश तिमिल्सीनाले बताए।

साथै राष्ट्रिय सभाको बैठक भदौ ४ गतेका लागि बोलाइएको छ। आजको बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले अपराध पीडित संरक्षण विधेयक २०७५ प्रस्तुत गरेका थिए।