कामिनीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौंः सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रबन्ध निर्देशकबाट बर्खास्त भएकी कामिनीराज भण्डारीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश चोलेन्द्र शमसेर जबराले सरकारलाई कामिनीलाई बर्खास्त गरेको कारण मागे पनि अन्तरिम आदेश दिन भने अस्वीकार गरेका छन्। मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकले कामिनीलाई बर्खास्त गरेको थियो। सरकारको निर्णय कार्यान्वयन गर्न नहुँदै भन्दै कामिनीले रिट दायर गरेकी थिइन्। सर्वोच्चले सकारको नाममा कारण देखाउ आदेश जारी गरे पनि अन्तरिम आदेश दिन अस्वीकार गर्यो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्