वार्षिकोत्सबमा पल र शान्ति सम्मानित अनि शिव पुरस्कृत हुने



शिव पुन
भदौ(३ दाङ।

 

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले भदौ(४ गते वृहत साँस्कृतिक कार्यक्रमका साथ संघको वार्षिकोत्सब मनाउने भएको छ। संघको यो वार्षिकोत्सबमा विविध साँस्कृतिक प्रस्तुति संगै विभिन्न विधामा सम्मान र पुरस्कार प्रदान गरिने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलन गरि संघले जानकारी गराएको छ।

भदौ(४ गते संघको वार्षिकोत्सबमा विगत २ दशकदेखि रंगपत्रकारितामा क्रियासिल रहि पत्रकारिताको माध्यम बाट चलचित्र क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्‍याउनु भएका वरिष्ठ रंगपत्रकार एवं साहित्यकार शान्ति प्रिय लाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान (२०७५ बाट सम्मान गरिने भएको छ। त्यस्तै दाङ जिल्लामा जन्मिएर १ दशकदेखि कलाकारिताको माध्यमबाट गीतसंगीत र चलचित्र क्षेत्रमा अतुलनीय योगदान दिनुभएका युवा स्टार पल शाह लाई चलचित्रपत्रकार संघ ,कलाकारिता सम्मान (२०७५ बाट सम्मान गरिदैछ।

यता जिल्लामा नै रहि विगत १ दशक भन्दा बढी समय देखि चलचित्र पत्रकारितामा कमल चलाउदै र चलचित्र सम्बन्धि रेडियो कार्यक्रम संचालन गर्दै आउनु भएका रंगपत्रकार शिव पुन लाई चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाका संस्थापक अध्यक्ष किशन रेग्मीले आफ्ना हजुरबुबाको सम्झनामा स्थापना गर्नुभएको ११ हजार १ सय ११ रुपैयाँ राशिको देवलोचन स्मृति चलचित्र पत्रकारिता पुरस्कार(२०७५ बाट पुरस्कृत हुने भएको छन् ।

स्मरण रहोस् वार्षिकोत्सबमा सहभागी हुन युवा स्टार पल शाह,वरिष्ठ रंगपत्रकार शान्ति प्रिय,चर्चित गायक कृष्ण काफ्ले ,गायिका सहिमा श्रेष्ठ,संगीतकार सन्तोष श्रेष्ठ , गीतकार एवं सञ्चारकर्मी लोकराज अधिकारी लगाएतका कलाकार एवं सञ्चारकर्मीहरु दाङ आउदैछन् ।

संघका अध्यक्ष ध्रुवराज न्यौपाने को अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा स्वागत मन्त्व्य संघका कोषाध्यक्ष शिव पुनले राखेका थिए भने कार्यक्रमको सहजीकरण सचिव सन्तोष के।सी।ले गरेका थिए।साथै भदौ(४ गते अर्थात् भोलि जस्तोसुकै अवस्थामा पनि कार्यक्रमा सहभागी भइ कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराइदिनुहुन सम्पुर्ण संघका शुभचिन्तक र जिल्लाबासिहरु लाई संघले आग्रह समेत गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्