अपडेट – कारको ठक्करबाट घाइते दुवैजनाको मृत्यु



रोशनमान श्रेष्ठ
दाङ, ३ भाद्र । भारतीय कारको ठक्करबाट शनिवार दाङको लमही नगरपालिका १ नर्तिमा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती गाउँपालिका ७ सिसहनियाँका ४९ बर्षिय धनबहादुर सुबेदी र सोही ठाउँका ५० वर्षिय बिष्णुबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तिले जानकारी दिएका छन् ।

घाइतेलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको थियो । काठमाडौँबाट भारतको अलमोरा जाँदै गरेको यूके ०१ टिए १४१५ नम्बरको कारले लमहीबाट भालुवाङ जाँदै गरेको रा १ प ५८८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने भारतीय कार र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्