नग्न प्रदर्शन गर्ने युवकमाथि लाग्नेभयो यस्तो मुद्दा



भदौ ४ काठमाडौं । सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गरेका जितिन लिम्बुमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुर अन्तरगत म्याद थप गरिएको छ।

नयाँ मुलुकी एेन लागू भएकै दिन ऐनको विरोधमा नग्न भएर विरोध प्रदर्शन गरेको आरोपमा प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो।

उनीमाथि मुलुकी ऐनमा भएको सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुर अन्तरगत जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरिएको हो।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएका उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ। लिम्बुमाथिको कसुर प्रमाणित भए ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्छ।

मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका लिम्बुले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए।

भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

सिंहदरबार अगाडि नाङ्गै प्रदर्शन १ मुलुकी ऐनको पहिलो ‘शिकार’
नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् । सडकमा नांगै हिँडेका उनलार्इ प्रहरीले पक्राउ गरेको छ । मुलुकी ऐनको विरोधमा निस्केका यी युवक नयाँ मुलुकी एेनको सम्भवतः पहिलो शिकार बनेका छन् ।

मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका यी युवकले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।

भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्ने युवक जितिन लिम्बु हुन् । कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ रु अहिले नै भन्न सकिँदैन

सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार आचार्यले बताए । हाल लिम्बुलार्इ सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

नागिंनेलाई के कारवाही हुन्छ 

भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको दफा १२२ मा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने भनिएको छ । त्यसरी यौनाङ्ग देखाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना वा दुबै सजाय हुने दफा १२२ को उपदफा २ मा उल्लेख छ ।

नयाँ ऐनको १२२ ९१० मा भनिएको छ( ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।’

जितिन लिम्बुले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरे पनि गुप्तांग भने देखाएका थिएनन् । उनले गुप्तांग कागजले छोपेका थिए । लंगौटीसम्म लगाएर हिँडेको अवस्थामा पुरुषलाई यौनांग देखाएको नमानिने स्थितिमा कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ रु अहिले नै भन्न सकिँदैन ।

तर, यो कुराचाहिँ पक्का छ कि भदौ १ देखि लागू भएको मुलुकी ऐनको पहिलो शिकार चाहिँ सिंहदरबार अगाडि नांगिएका यिनै व्यक्तिबाट सुरु हुने भएको छ ।

अधिवक्ता टीकाराम भट्टराईका अनुसार जितिनले यौनाङ्ग ढाकेरै प्रदर्शन गरेको भएता पनि उनले निशेधित क्षेत्र तोडेको हुनाले त्यस अन्तरगत पनि उनीमाथि कारवाही चल्न सक्छ

प्रहरीले उनलाई अब नयाँ मुलुकी ऐनको ‘सार्वजनिक नैतिकताविरुद्धको कसूर’ अन्तर्गत कारवाही चलाउने भएको छ ।

अधिवक्ता टीकाराम भट्टराईका अनुसार जितिनले यौनाङ्ग ढाकेरै प्रदर्शन गरेको भएता पनि उनले निशेधित क्षेत्र तोडेको हुनाले त्यस अन्तरगत पनि उनीमाथि कारवाही हुन सक्छ ।

तर, के उनीमाथि सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेको दफा आकर्षित हुँदैन त रु यो प्रश्नको जवाफमा अधिवक्ता भट्टराईले भने( ‘ अब प्रहरीको अनुसन्धानबाट के तथ्य खुल्छ, सोही अनुसार होला ।जलजला अनलाइन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्