फोटोसहितको मतदाता नामावली संकलन आज देखि हुने



काठमाडौं, साउन १ – निर्वाचन आयोगले आज आइतबारदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्दैछ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आगामी १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने भएको हो ।
आयोगले सूचना निकालेर १८ वर्ष पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगाना लगायत विवरण फरक परेकालाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।
नाम दर्ता गर्न वा सच्याउन जाँदा आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जानुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका र नामावली सच्याउन नपर्ने व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने आयोगले स्पष्ट पारेको छ ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तहरुसँग यसबारेमा छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्री देउवाले नामावली संकलनको समय १५ दिन थप गर्ने र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्ने ब्यवस्था मिलाउने विषयमा छलफल गर्न लाग्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्