माओवादी केन्द्रको चुनावी समीक्षा ,नेतृत्व प्रर्ति तिखो आलोचना



देउखुरी समाचारदाता
देउखुरी साउन १ गते ।

नेकपा माओवादी केन्द्रका लमही नगरपालिका वडा न ९ का अध्यक्ष तेजवहादुर केसीले निर्वाचनमा माओवादीले हारेको भन्दा आफूलाई वडा अध्यक्षमा पहील्यै उठ्न भनेर मनोनयनको समयममा नविन कुवंरलाई उठाएर हारेको प्रर्ति चिन्तीत हुनहुन्छ । यसरी चिन्ता मान्नुको कारण हो नविन नेकपा माओवादी केन्द्र लमही नगरकमीटीका अध्यक्ष हुनुहुन्छ र्। हामीले हार्नुभन्दा पार्टीको नगर अध्यक्ष हार्नुको शन्देश गलत जान्छ भन्ने थियो अन्ततः त्यही भयो केसी आफू सदस्यमा उठेपनि अध्यक्षलाई मात्रै भएपनि मत दिन आग्रह गर्दै मत मागेको तितो यथार्त सुनाउनुभयो ।
यसैगरी लमही नगरपालिका वडा न ३ का अध्यक्ष वावुराम चौधरीले नेतृत्व प्रर्ति संकेत गर्दै नगरपालिकामा जित निकाल्न नसक्ने नेताहरुले नैतिकताका आधारमा जिम्मेवारी लिन सक्नुपर्ने वताउनुभयो । चुनाव हाहा र होहोमा जितीने रहीनछ । मतदाता शिक्षामा विशेष ख्याल गर्न पर्ने रहेछ आफ्नो अनुभव सुनाउँदै वडाअध्यक्ष चौधरीले सुनाउनुभयो । चौधरी नेकपा माअ‍ेवादी केन्द्रको तर्फवाट लमही नगरपालिका वडा न ३मा वडा अध्यक्षमा विजयी हुनु भएको हो । नेकपा माओवादी केन्द्र लमही नगर कमीटीले आयोजना गरेको चुनावी समीक्षा कार्यक्रममा केसी र चौधरीले यस्तो वताउनुभएको हो । स्थानिय तहको निर्वाचन सम्पन्न भएको झन्डै आधा महीना पछि नेकपा माओवादी केन्द्र लमही नगर कमीटीले चुनावी समीक्षा गरेको छ । चुनावी समीक्षा कार्यक्रममा सहभागिहरुले चुनावमा माओवादी पराजय हुनुका पछाडी नेतृत्वलाई दोषी देखाएका छन । राम्रो जनमत र निम्न वर्गका जनमत पाउँदा पाउँदै पनि त्यसको सदु्पयोग गर्न नसकेको भन्दै नेतृत्वको चर्को आलोचना समेत भएको छ ।
माओवादी केन्द्रलाई स्थानिय तहको अनुभव नहुनु र निम्न वर्गकै मत वदर हुनुले लमही नगरपालिका केही वडामा सफल हुन नसकेको निष्कर्ष पनि समीक्षा वैठकले निकालेको छ । प्रतिस्पर्धी हरुले माओवादीले धेरै पैसा खर्च गरेको आरोप लगाइरहेका वेला माओवादी केन्द्र लमहीले पैसाकै अभावका कारण पनि निर्वाचनमा असफलता व्यहोर्नु परेको वताएको छ ।
नेकपा माओवादी केन्द्र लमही नगर कमीटीस्का अध्यक्ष नविन कुवंरको अध्यक्षता तथा पोलिट व्यूरो सदस्य इन्द्रजित चौधरकिो प्रमुख आतिथ्यतामा भएको चुनावी समीक्षा वैठकमा सहभागि पार्टीका वडा अध्यक्षहरुले समीक्षा मन्तव्य राख्दै नेतृत्व प्रर्ति तिखो प्रहार गरेका हुन । कार्यक्रममा प्रमुख अतिथी चौधरीले स्थानिय तहको निर्वाचनमा माओवादीले हारेपनि माओवादीको एजेन्डा स्थापीत भएको वताउनुभयो । माओवादीको संगठन सबै तर्फ वलीयो हुदै गएको भन्दै आफ्नो र नेतृत्वको तहवाट भएका कमोजोरी सच्चाउने प्रतिवद्धता जनाउनु भयो । माओवादी स्थानिय तहको निर्वाचनमा धेरै अनुभव वटुल्न नकसेर पनि समस्या भएको भन्दै चौधरीले यसपालीको निर्वाचनवाट धेरै पाठ सिकेको वताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विक्रान्त शर्मा, नगरकमीटी सचीव शिखर खड्का, लेखराज रेग्मी,कोषाध्यक्ष ओम प्रकाश सुवेदी सागर , सह सचिव कालुराम चौधरी,कार्यालय सदस्य द्रोपदा पौडेल वडा अध्यक्ष पदका उम्मेदवारहरुले चुनावी समीक्षा मनत्व्य राख्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्