छुट्टिएकाे ६० वर्षपछि पुनर्मिलन हुँदा.



दर्जनौँ दक्षिण कोरियालीहरू द्वन्द्व र विभाजनका कारण छुट्टिएका आफ्ना परिवारजनसँग पुनर्मिलन भएकाे छ । उनीहरू पुनर्मिलनका लागि उत्तर कोरियाको यात्रा गर्दैछन् ।

उनीहरूले ६० वर्षभन्दा लामो समयपछि पहिलो पटक आफ्ना परिवारजनलाई भेट्न गइरहेका छन् ।

आफ्ना छुट्टिएका परिवारजनलाई भेट्न उत्तर कोरिया जान लागेको टोलीमा ८९ जना दक्षिण कोरियालीहरू रहेका छन्। उनीहरूमध्ये धेरै जना वृद्ध र कमजोर भइसकेका छन् ।

उनीहरू कोरियाली युद्धका बेला आफ्ना परिवारबाट अलग्गिएका थिए ।

दक्षिण र उत्तर कोरियामा छरिएका परिवारजनबीचको यो पुनर्मिलन पर्यटनका लागि प्रसिद्ध माउन्ट कुम्गाङ्गमा हुन गइरहेको छ ।

सोल र प्योङ्याङ्मा रहेका दुई कोरियाली सरकारबीचको तनावग्रस्त सम्बन्ध अहिले सुधार हुन थालेकोले तीन वर्षको अन्तरालमा पहिलो पटक कोरियाली पारिवारिक पुनर्मिलन सम्भव हुन लागेको हो।

विगतका दशकहरूमा पनि दुई कोरियामा छुट्टिएर रहेका परिवारजनबीच पुनर्मिलन कार्यक्रमहरू भएका थिए ।

तर ८० वर्षको उमेर टेकिसकेका धेरै छुट्टिएका कोरियालीहरूका लागि पुनर्मिलनको लागि निकै कम सयम बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्